रसुवा बाढी : नेपाली सेनाले गर्यो १५ बिदेशी पर्यटकको उद्वार
काठमाडौं, ११ भदौं । नेपाली सेनाले १५ बिदेशी पर्यटककको ऊद्वार गरेको छ।
रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा भाद्र ११ गतेको बिहान देखि अहिलेसम्म टिमुरेबाट १५ विदेशी सहित ८३ जना र मैलुङको टनेलबाट ७ जना गरी जम्मा १०५ जनाको हवाई उद्धार गरिएको हो।
समन्वयात्मक रुपमा घाइतेहरूको जमिनि तथा हवाई उद्धार, आपतकालिन उपचार र राहत सामग्री वितरण कार्य भइरहेको छ।


