भोटेकोशी बाढी: उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा हालै भोटेकोशीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिबारे छलफल हुनेछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका विषयमा महत्वपूर्ण निर्णय लिने बताइएको छ।


