भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म १० हजार ४५१ जनाको सकुशल उद्धार गरिएको छ।

प्राधिकरणका अनुसार फेला परेका ९०३ वटा शवमध्ये सबैभन्दा धेरै चितवनमा २७२ र नवलपरासी पूर्वमा २०७ जना रहेका छन्।

यस्तै नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला परेको छ।
बाढीका कारण सुरक्षा निकाय र निजामती कर्मचारीसमेत ठूलो सङ्ख्यामा बेपत्ता भएका छन्। प्राधिकरणका अनुसार नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना कर्मचारी अझै सम्पर्कविहीन छन्।

यसैगरी जलविद्युत् आयोजनाहरूका ९३३ जना, मकवानपुरका ६५ जना र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारी बेपत्ता रहेका छन्। बाढी प्रभावित क्षेत्रबाट नेपाल भ्रमणमा आएका ५९२ जना विदेशी नागरिक र गैरआवासीय नेपाली (NRN) १२७ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

हाल प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।