भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं, १६ भदौ । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म देशका विभिन्न स्थानमा गरी ९८७ जनाको शव फेला परेको हो।

बाढीका कारण सबैभन्दा धेरै क्षति चितवनमा भएको छ, जहाँ विभिन्न मानव अङ्गसहित ३२१ जनाको शव फेला परेको छ। यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१६, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव भेटिएको छ।

विनाशकारी बाढीपछि अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना तथा भन्सार कार्यालयका कर्मचारीहरू रहेका छन्। साथै ५८३ जना विदेशी नागरिक र उनीहरूसँगै भ्रमणमा गएका १६४ जना नेपाली पर्यटकसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ। घटनामा २७९ जना घाइते भएकोमा १६८ जना उपचारपश्चात् अस्पतालबाट ‘डिस्चार्ज’ भइसकेका छन्।

भदौ १० गते बिहान आएको बाढीका कारण विशेषगरी रसुवा र नुवाकोटलगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।