मधेश सरकारले बाढीमा ज्यान गुमाएकालाई एक लाखका दरले राहत दिने

सुभाष कायस्थ/जनकपुरधाम, १७ भदौ । मधेश प्रदेश सरकारले रसुवाको भोटेकोशी नदी सहित विभिन्न नदी क्षेत्रका बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

मंगलबार मधेश प्रदेश सरकार मन्त्रिपरिषदको बसेको बैठकबाट बाढी तथा विपद्का कारण ज्यान गुमाएका मधेश प्रदेशका नागरिकका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको हो ।

विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले राहत सामग्री र आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको मधेश सरकारका प्रवक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहले जानकारी दिएका छन् । उनका अनुसार प्रदेश सरकारले बाढी प्रभावितहरुको लागि एक करोड ९६ लाख रुपैया बराबरको राहत उपलब्ध गराउने निर्णय गरिएको हो । 

यसैगरी बाढी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा ७ सय सेट टेन्ट र ७ हजार थान कम्बल उपलब्ध गराउने निर्णय समेत गरिएको जनाइएको छ । 

बाढीबाट प्रभावित नागरिकलाई तत्काल आश्रय तथा चिसोबाट जोगाउन आवश्यक सामग्री उपलब्ध गराउने गरी प्रदेश सरकारले राहत व्यवस्थापन अघि बढाएको हो र प्रदेश सरकारले प्रभावित क्षेत्रको आवश्यकताअनुसार राहत वितरणलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

यस्तै, विपद्मा परी घाइते भएका नागरिकलाई मधेश प्रदेश सरकारअन्तर्गतका स्वास्थ्य संस्थामा उपलब्ध हुन नसक्ने विशेषज्ञ सेवा वा अत्यावश्यक उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहजीकरण गर्न निर्देशन दिइएको छ ।

सामग्री गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोमार्फत नुवाकोट र रसुवाका जिल्ला प्रशासन कार्यालय, बागमती प्रदेश सरकार तथा प्रभावित स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरिने निर्णयसमेत गरिएको प्रवक्ता साहले जनाएका छन् । 
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।