रसुवा बाढीमा परेर मृत्यू भएका कर्णालीवासीले बीमा वापत दुई लाख पाउने

सुर्खेत, १७ भदौ । भदौ १० गते भोटेकोशी नदिमा आएको बाढीका कारण ज्यान गुमाएका कर्णाली वासीले प्रदेश सरकारले गरेको बीमा अन्र्तगत प्रति व्यक्ति दुई लाख रुपैंया पाउने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सूचना अधिकारी सुरेन्द्र बहादुर शाहीका अनुसार कर्णालीका नागरिकको प्राकृतिक विपत्तिका कारण निधन भएको खण्डमा बीमा वापत दुई लाख रुपैंया राष्ट्रिय बीमा कम्पनीले दिने भएको हो ।

 

‘रसुवा बाढी पिडित लगायत अन्य विपद्बाट कर्णाली प्रदेशका नागरिकहरु प्राकृतिक विपदमा परी मृत्यु भएमा प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग रु २ लाख रुपैया सम्मको बीमा गरिएको हुँदा यस्ता प्रभावितहरुले सो बीमा दाबीका लागि आवश्यक कागजात संलग्न राखी दाबी पेस गर्न सम्बन्धित सबैमा अनुरोध गर्ने निर्णय गरियो ।’ उनले भने ।

गत साउन ३० गते जाजरकोटको भेरी नगरपालिका वडा नं २ अन्तर्गत रिसामा अविरल वर्षा पश्चात् गएको बाढीमा प्रभावितहरूका लागि आपत्कालीन गोदामबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाइएका राहत सामग्रीहरुको निकासालाई अनुमोदन गर्दै गोदाममा आवश्यक मौज्दात कायम राख्ने निर्णय समेत भएको उनले जानकारी दिए ।

 

‘जाजरकोटको भेरी नगरपालिका वडा नं. २, रिसाङलगायत अन्य जिल्लामा भएका प्राकृतिक प्रकोपबाट पूर्ण क्षति भएका घरहरूको पुनर्निर्माण कार्य भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरी प्राथमिकताका साथ अघि बढाउने निर्णय गरिएको छ ।’ उनले भने, ‘कर्णाली प्रादेशिक आपत्कालीन केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न ‘प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र पिइओसि सञ्चालन कार्यविधि’ एक महिनाभित्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउने निर्णय गरियो ।’

 

यस्तै, कर्णाली प्रदेशको भौगोलिक क्षेत्रभित्र रहेका विभिन्न हिमताल र हिमनदीहरूको अवस्था, भौगर्भिक स्थिति तथा विस्तृत जोखिम विश्लेषण र अध्ययनका लागि इसिमोड जस्ता संस्थाहरूसँग समन्वय गरी कार्यक्रम अघि बढाउने निर्णय प्रदेश सरकारले गरेको हो ।

 

कार्यालयले कर्णाली प्रदेश मार्फत लगानी भएका ठूला विकास संरचनाहरूको जोखिम न्यूनीकरणका लागि सरकारी भवन, पुल तथा अन्य निर्मित संरचनाहरूको जोखिम न्युनीकरण गर्न अनिवार्य रुपमा बिमा गर्ने प्रकृया अगाडि बढाउन कार्यविधि निर्माण वा नीतिगत व्यवस्था गरि क्रमशः कार्यान्वयन गर्दै लैजाने भएको छ ।
 
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।