भुटानद्वारा नेपालको बाढीपीडितका लागि १६ करोड सहयोग

काठमाडौँ/नयाँ दिल्ली — हालै आएको विनाशकारी बाढीपछिको राहत तथा पुनर्लाभका प्रयासहरूमा सहयोग पुर्‍याउने उद्देश्यले भुटानको शाही सरकारले नेपाललाई १६ करोड नेपाली रूपैयाँ सहायता प्रदान गरेको छ। उक्त रकम नेपालको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो।

 

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित एक विशेष कार्यक्रमका बिच भारतका लागि भुटानका राजदूत महामहिम मेजर जनरल भेट्सोप नामग्यालले नेपालका 'चार्ज डी अफेयर्स' डा. सुरेन्द्र थापालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन ।

 

विपद्को यस कठिन घडीमा भुटान सरकार र त्यहाँका जनताले देखाएको उच्च ऐक्यबद्धताको नेपालले कदर गरेको छ। यस सहयोगले नेपाल र भुटानबीच रहेको अटुट मित्रता, आपसी सद्भाव र हिमालयी क्षेत्रको साझा सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाएको दूतावासले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।