अमेरिकी विदेशमन्त्री रुबियो र रबि लामिछानेबिच टेलिफोन वार्ता,भोटेकोशी बाढीप्रति समवेदना र थप सहयोगको प्रतिबद्धता

काठमाडौ,२२ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन संवाद भएको छ।
 
टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशीमा आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै नेपाली जनता र सरकारप्रति ऐक्यबद्धता जनाएका छन ।
 
जवाफमा सभापति लामिछानेले जारी खोज, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले उपलब्ध सम्पूर्ण स्रोत-साधन परिचालन गरिरहेको जानकारी दिए । साथै, उनले नेपाली नागरिकका साथै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल उत्तिकै प्रतिबद्ध रहेको कुरामा विदेशमन्त्री रुबियोलाई आश्वस्त पारेका थिए ।
 
उनले यस कठिन घडीमा अमेरिकी सरकारले दर्शाएको सद्भाव र पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। वार्ताका क्रममा विदेशमन्त्री रुबियोले नेपाल सरकार र प्रभावितहरूका लागि अमेरिका थप सहयोग उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।