जेनजी आन्दोलनः अधिकांश संरचनाको मर्मत सम्पन्न

सुर्खेत २३ भदौ ।जेनजी आन्दोलनमा क्षति भएका अधिकांश संरचनाको पुर्ननिर्माण सम्पन्न भएको छ । विभिन्न सरकारी कार्यालयहरु मध्ये वीरेन्द्रनगर नगरपालिकाका सबै वडा कार्यालयहरुको मर्मतसम्भार म्पन्न भएको छ भने प्रदेश सरकारका पनि सामान्य क्षति भएका कार्यालयहरुको मर्मतसम्भार पुरा भएको छ ।

विषेश गरी कर्णाली प्रदेश सभा, मुख्यमन्त्री निवास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री निवासको मर्मतसम्भार हुन भने सकेको छैन । आन्दोलनमा क्षति गरिएका नीजि निवासहरु भने मर्मतसम्भार गरिसकिएका छन् । निवर्तमान मुख्यमन्त्री यामलाल कँडेल, काँग्रेस नेता पूर्णबहादुर खड्का, प्रदेश अस्पतालका पूर्व निर्देशक डा. डम्बर खड्का, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमूख मोहनमाया ढकाल, उपप्रमूख निलकण्ठ खनालका घरहरु मर्मतसम्भार भएका छन् ।

भदौ २३–२४ गते भएको आन्दोलनमा २३ गते भने खासै क्षति भएन । तर चौविस गते साँझ पाँच बजेपछि मात्रै जलाइएका यी संरचनाको पुर्ननिर्माण नहुँदा कर्णालीप्रदेश सभा अस्थायी रुपमा सामान्य हलमा राखेर सञ्चालन भइरहेको छ भने मुख्यमन्त्री निवास आन्तरिक मामिला तथा कानून मन्त्रालयको निवासमा सारिएको छ ।

भदौ २३ र २४ गते कर्णालीमा भएको उक्त आन्दोलनका क्रममा कर्णालीका ५५ भौतिक संरचनामा क्षति पुगेको थियो । आगजनी, तोडफोड र चोरीको कारण भौतिक संरचनामा क्षति पुगेको थियो ।

आन्दोलनमा संघीय सरकारी कार्यालयतर्फ १ पूर्ण, २ आंशिक र सामान्य ३ गरी ६ कार्यालयमा क्षति पुगेको छ । प्रादेशिक कार्यालयतर्फ ४ पूर्ण र ३ मा आंशिक गरी ७ कार्यालयमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक छ । 

यस्तै जिल्ला तथा स्थानीय तहका १८ भौतिक संरचनामा क्षति पुगेको थियो । ७ कार्यालय पूर्ण रुपमा नष्ट भए भने १० मा आंशिक क्षति पुग्यो । १ मा सामान्य क्षति पुगेको थियो ।

यस्तै ९ निजी भौतिक संरचनामा क्षति भएको प्रहरी विवरणमा उल्लेख छ । ४ निजी भौतिक संरचनामा पूर्ण रुपले क्षति भयो भने ५ मा आंशिक क्षति भएको थियो । १ पूर्ण र २ आंशिक गरि ३ अन्य संघसंस्थाको भौतिक संरचनामा क्षति भएको थियो ।

यतिमात्रै होईन,  विभिन्न दलका राजनीतिक १२ पार्टी कार्यालयका भवनमा क्षति भएको थियो । ७ कार्यालयमा पूर्ण क्षति भयो भने ३ मा आंशिक र २ मा सामान्य क्षति भएको थियो ।

कर्णालीका ८० सवारीसाधनमा क्षति हुँदा ४० सरकारी र ६ व्यक्तिगत गरी ४६ दुई पांग्रे सवारीसाधनमा क्षति पुगेको थियो । यस्तै तीन वा सो भन्दा माथिका ३२ सरकारी र २ व्यक्तिगत गरी ३४ सवारीसाधनमा क्षति पुगेको थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।