भारतका विभिन्न स्थानबाट १५ नेपाली बालबालिकाको उद्धार, आज परिवारको जिम्मा लगाइँदै

काठमाडौं, २४ भदौ । भारतका विभिन्न सहरमा जोखिमपूर्ण अवस्थामा पुगेका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीको उद्धार गरी नेपाल ल्याइएको छ। उद्धार गरिएका उनीहरूलाई मङ्गलबार राति नेपालगन्ज नाका हुँदै नेपाल ल्याइएको हो।

भारतस्थित नेपाली राजदूतावासको समन्वय र मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था ‘किन इन्डिया’को पहलमा महाराष्ट्र, दिल्ली र झारखण्डलगायतका स्थानबाट उनीहरूको उद्धार गरिएको हो। किन इन्डियाका निर्देशक नविन जोशीका अनुसार उद्धार गरिएका बालबालिकाहरूमा १५ वर्षमुनिका १२ जना र १५ वर्षभन्दा माथिका ३ जना (५ जना बालिका/किशोरीसहित) रहेका छन्।

उद्धार गरिएकाहरू मधेस प्रदेशका साथै नवलपरासी (सुस्ता पश्चिम), पाल्पा, कञ्चनपुर र कैलालीलगायत जिल्लाका छन्। उनीहरूलाई मदरसामा पढाउने बहानामा, घरेलु हिंसाका कारण भागेको अवस्थामा वा दिल्लीका रेलवे स्टेसनमा अलपत्र परेको स्थितिमा भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

नेपाल ल्याइएका बालबालिकालाई रूपन्देही पुर्‍याएर आज (बुधबार) अभिभावक तथा आफन्तको जिम्मा लगाउने कार्यक्रम रहेको छ। उद्धार टोलीमा किन इन्डियाका प्रतिनिधि र नेपाली राजदूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्लसमेत सहभागी थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।