चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

काठमाडौं, २६ भदौ । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। उद्धारस्थलमा पुग्नुभएका उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङले प्राविधिक समन्वय र सहजीकरण गरिरहनुभएको छ।  

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै घिसिङले विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा थुप्रिएको ठूलो परिमाणको लेदो, बालुवा र ढुङ्गा पन्छाउने काम निरन्तर भइरहेको जनाउनुभएको छ। सुरुङको साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा प्रतिध्वनि (ईको) सुनिएको र चिसो हावासमेत आइरहेकाले भित्र फसेका व्यक्तिहरू सकुशल नै रहेको आशा र अनुमान गरिएको छ। अब विद्युत्‌गृहसम्म पुग्न करिब १०० मिटर मात्रै बाँकी रहेको जनाइएको छ।

उद्धार कार्यलाई थप तीव्र बनाउन स्याफ्रुबेँसीतर्फबाट सुरुङसम्म पुग्ने बाटो निर्माणको काम द्रुत गतिमा भइरहेको छ। आजसम्ममा एक्स्काभेटर सुरुङस्थलमा पुग्ने र त्यसपछि लोडर तथा एक्स्काभेटरको प्रयोग गरी उद्धार कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यस संवेदनशील उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमेका कर्मचारीहरू अहोरात्र खटिएका छन्। उद्धारमा खटिएका सम्पूर्ण सुरक्षा निकाय र प्राविधिक टोलीप्रति आभार व्यक्त गर्दै घिसिङले सुरुङभित्र फसेका सबैको सकुशल उद्धार हुने विश्वास व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।