ईलाममा अटो दुर्घटना हुँदा छ जना घाइते

ईलाम । ईलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन्।

शनिबार साँझ करिब ५ बजे पोखरी–कमेरो भित्री कच्ची सडकखण्डमा मधेस प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अटोबाट पेट्रोल चुहिएर आगलागीसमेत भएको थियो।

दुर्घटनामा अटो चालक फाकफोकथुम–६ पोखरी बजारका करिब ३५ वर्षीय लोकबहादुर श्रेष्ठ, इलाम नगरपालिका–७ तिल्केनीकी २७ वर्षीया कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी खुसिका श्रेष्ठ गम्भीर घाइते भएका छन्।

त्यस्तै, २२ वर्षीया दुर्गादेवी श्रेष्ठ र २७ वर्षीया मन्दिरा थापा घाइते भएका छन्। झापाको कनकाई नगरपालिका–माईधारकी करिब ४० वर्षीया रमाकुमारी श्रेष्ठको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये दुर्गादेवीको अवस्था सामान्य र मन्दिराको अवस्था मध्यम रहेको बताइएको छ। सबै घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।