बाढी-पहिरोले बीपी र पासाङ ल्हामु राजमार्ग अवरुद्ध, पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन्

काठमाडौं, ७ असोज । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण काभ्रे, नुवाकोट, रसुवा र धादिङ जोड्ने मुख्य राजमार्ग तथा सहायक सडकखण्डहरू गम्भीर रूपमा प्रभावित भएका छन्। 

नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार बाढीको जोखिम र पहिरोका कारण केही स्थानमा सडक पूर्ण रूपमा ठप्प बनेको छ भने कतिपय खण्डमा रात्रिकालीन आवागमनमा रोक लगाइएको छ।

बाढीको उच्च जोखिमका कारण काभ्रेस्थित बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार सो क्षेत्रमा साँझदेखि बिहानसम्मको मौसमी अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ। 

यस्तै, नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घेचेटखोला क्षेत्रमा बाढी तथा पहिरोको जोखिम रहेकाले अर्को सूचना नभएसम्मका लागि राति १० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन प्रतिबन्ध लगाइएको छ।

उता नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ भने रसुवाका मुख्य राजमार्गका विभिन्न स्थानमा आएको बाढीले यातायात सेवा थप्प भएको छ। 

यसै गरी धादिङस्थित पृथ्वी लोकमार्गको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र शीतलबजार क्षेत्रमा खसेको पहिरो हटाई सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

मौसम पूर्वानुमान अनुसार अझै केही दिन पानी पर्ने सम्भावना रहेकाले बाढी, पहिरो र सडकको अवस्था बुझेर तथा आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖