भारी वर्षा र हिमपातको जोखिम : असोज ९ देखि ११ सम्म पदयात्रा नगर्न र नपठाउन टान गण्डकीको अपिल

पोखरा, ८ असोज । हिमाली भेगमा भारी वर्षा र हिमपातको उच्च जोखिम देखिएपछि ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले असोज ९ देखि ११ गतेसम्म जोखिमपूर्ण क्षेत्रमा पदयात्रा नगर्न र नयाँ टोली नपठाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भीषण वर्षा र हिमपातको सम्भावना छ। विशेषगरी गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वाभ्यास छ।

अविरल वर्षा र हिमपातका कारण पहिरो, भू-क्षय तथा गेग्रान बहावको खतरा बढेको छ। यसले पदमार्गका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार पूर्व-निर्धारित यात्रा तालिका पुनर्विचार गर्न र हाल कार्यक्षेत्रमै रहेका गाइड तथा पोर्टर (पदयात्रा सहयोगी) हरूलाई तत्काल सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖