सुनसरीमा माइक्रोबस दुर्घटना, चालक सहित १२ जना घाइते

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको यात्रुवाहक माइक्रोबस आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा माइक्रोबस चालक सप्तरी कञ्चनरूप नगरपालिका–११ का ३२ वर्षीय आर्यन पोखरेलसहित १२ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा कञ्चनरूप नगरपालिका–११ का ७० वर्षीय दनसलाल चौधरी, वडा नं. १ का ४३ वर्षीय गोबिन्द गुप्ता, वडा नं. १२ का ५१ वर्षीय बलराम पौडेल, वडा नं. ११ की २१ वर्षीया माया भुजेल, सोही स्थानका ६० वर्षीय असरफि खङ र ३० वर्षीया सुनिता खङ रहेका छन्।

त्यस्तै कञ्चनरूप नगरपालिका–६ की ३० वर्षीया पुजा चौधरी, फतेपुर नगरपालिका–१ की ३६ वर्षीया उर्मिला भुजेल र सोही स्थानकी २१ वर्षीया उशा भुजेल तथा कञ्चनरूप नगरपालिका–१ की ४७ वर्षीया राधा नेपाल र वडा नं. ६ का ४० वर्षीय देवाकान्त चौधरी पनि दुर्घटनामा घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि सप्तकोशी न्युरो अस्पताल लगिएको थियो। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बलराम पौडेल उपचारपछि बिहीबार बिहान ९ः३० बजे अस्पतालबाट डिस्चार्ज भएका छन्।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖