ईभी र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एकजना गम्भीर

सञ्जय मिश्रा/रौतहट, ८ असोज । पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसारमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियाका २० वर्षीय सन्देश यादव रहेका छन् । दुर्घटनामा घाइते कटहरिया नगरपालिका–८ बलुवा टोलका २० वर्षीय राजगीर यादवको वीरगञ्जमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बुधबार साँझ गुजरा नगरपालिका–३ स्थित धनसार गेटबाट करिब एक किलोमिटर दक्षिण कल्भर्ट नजिक दुर्घटना भएको हो । निजगढतर्फबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०५९५ नम्बरको ईभी र विपरीत दिशाबाट आउँदै गरेको बा ८५ प ४६२५ नम्बरको मोटरसाइकल आमनेसामने ठोक्किएका थिए ।

दुर्घटनामा सन्देशको हात, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । राजगीरको दाहिने हात, दुवै खुट्टा तथा शरीरका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर रादेसकुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुवै घाइतेलाई उद्धार गरी चन्द्रपुरस्थित शिविल अस्पताल पुर्‍याएको थियो ।

उपचारकै क्रममा साँझ करिब ७ बजे सन्देशको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक उपचारपछि राजगीरलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

ईभी चालक परोहा ७ का २५ बर्षीय दिपेश प्रसाद कुशवाहा र दुर्घटनामा परेका दुईटै गाडी ईलाका प्रहरी कार्यालय विजयपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖