सुनसरीमा १० लाख भन्दा बढी मूल्यका पटका बरामद, दुई जना पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–१ झुम्काबाट प्रहरीले १० लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका पटका बरामद गरेको छ। प्रहरीले पटका लुकाएर राखेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाका आधारमा बुधबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय पकलीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रामधुनी–१ झुम्काका ४८ वर्षीय धमु गोस्वामी र करिब २७ वर्षीय सोनु गोस्वामीको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्रहरीले **अन्दाजी १० लाख ३ हजार २ सय ४८ रुपैयाँ** बराबरका विभिन्न प्रकारका विस्फोटक पदार्थ (पटका) बरामद गरेको जनाएको छ।

बरामद सामग्रीमा नागिन (किङ कोब्रा) १५ कार्टुन, सुप्रिम डिलक्स फुलझरी ३०० वटा, सुपर हिट (किटक्याट) फुलझरी ३३ वटा, फ्लावर पोट्स १ हजार २७० वटा, पेन्टाफोर्स फुलझरी १६५ वटा, स्पिनर सुप्रिम डिलक्स (चक्की बम) ९२० वटा, म्याजिक मिकी माउस पप ७५० वटा, बुलेट बम १ हजार ६० वटा र झिरझिरे पटका २५० वटा रहेका छन्।

प्रहरीले बरामद पटका सहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖