काभ्रेको रोशीमा पहिरो, बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काभ्रे, ९ असोज । अविरल वर्षाका कारण काभ्रेको रोशी गाउँपालिकाका दुई फरक स्थानमा भीषण पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार बिहान करिब ४:३० बजे रोशी गाउँपालिका–७ स्थित चारसयबेसी र वडा नम्बर ८ स्थित गिम्दीबेसीमा सडकमाथिबाट ठूलो पहिरो खसेको हो। पहिरोका कारण राजमार्गमा दुवैतर्फको सवारी आवागमन ठप्प भएको छ।

सडक अवरुद्ध भएसँगै प्रहरीले बीपी राजमार्ग भई यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई सडकको अवस्था र आवागमन खुले/नखुलेको यकिन जानकारी लिएर मात्र यात्रा तय गर्न आग्रह गरेको छ।

साथै सो क्षेत्रमा थप पहिरो खस्ने र जोखिम बढ्ने सम्भावना रहेकाले यात्रा गर्दा उच्च सावधानी अपनाउनसमेत प्रहरीले अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖