मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, सीसी क्यामेरा नचल्दा अनुसन्धानमा सकस

रौतहट, ९ असोज । रौतहटको चन्द्रपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् भने प्रहरीले ठक्कर दिने सवारीसाधनको खोजी गरिरहेको छ।

चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा बिहीबार राति सडकमा हिँडिरहेका स्थानीय ६५ वर्षीय सीताराम चौधरीलाई पहिचान नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान खुलेको छैन। प्रहरीले फरार मोटरसाइकलको खोजी तीव्र पारेको छ।

‘ठक्कर दिने मोटरसाइकलको पहिचान खुलेको छैन, खोजी भइरहेको छ,’ डीएसपी थापाले भने।

दुर्घटनापछि फरार मोटरसाइकलको पहिचान गर्न आसपासका सीसी क्यामेराको फुटेज उपयोगी हुन सक्ने भए पनि घटनास्थल आसपास जडान गरिएका क्यामेरा प्रभावकारी रूपमा सञ्चालनमा नरहेको स्थानीयको भनाइ छ।

चन्द्रपुर नगरपालिकाले नगरका विभिन्न स्थानमा जडान गरेका सीसी क्यामेरा नियमित सञ्चालनमा नआउँदा दुर्घटना तथा आपराधिक घटनाको अनुसन्धान प्रभावित हुँदै आएको स्थानीयको गुनासो छ।

‘क्यामेरा चलेको भए मोटरसाइकलको नम्बर वा चालकको हुलियासम्म पत्ता लगाउन सहज हुन्थ्यो,’ एक स्थानीयले भने।

सडक दुर्घटना तथा आपराधिक गतिविधिको अनुसन्धानमा सीसीटीभी फुटेज महत्वपूर्ण प्रमाण बन्न सक्ने भए पनि जडान गरिएका क्यामेरा नियमित सञ्चालन र निगरानीको अभावमा प्रभावहीन बनेको स्थानीयको आरोप छ।

प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको र ठक्कर दिने मोटरसाइकल तथा चालकको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖