बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति

बुटवल, ११ असोज । अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुर्‍याएको छ।

गएराति तिनाउमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११, टप मजुवाका दुर्गा बानियाँ र उनका छिमेकीको घर पूर्ण रूपमा बगाएको हो। बाढीकै कारण स्थानीय नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुगेको छ।

बाढीले घरमा क्षति पुर्‍याएपछि प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बुटवल–११ का वडा सदस्य युवराज रानाले जानकारी दिए। उद्धार तथा स्थानान्तरण कार्यमा स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली खटिएको छ।

नदीमा जलसतह बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले यसअघि नै नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरेको थियो। गएरातिसम्म निरन्तर वर्षा भएको बुटवल क्षेत्रमा आज बिहानदेखि भने मौसममा सुधार आई वर्षा रोकिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖