लालबकैया खोलामा बाढीको सतह बढ्दो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, ११ असोज । मकवानपुरस्थित लालबकैया खोलामा बाढीको सतह तीव्र रूपमा बढ्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जुरेलीबजार क्षेत्रमा बाढीको सतह खतराको चिह्न नजिक पुगेकाले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र सुरक्षित रहन अनुरोध गरेको हो।

महाशाखाका अनुसार लाल बकैया खोलामा पानीको बहाव लगातार बढिरहेकाले नदी आसपास र डुबान भइरहने क्षेत्रमा जोखिम उच्च रहेको छ। यसैबीच, लगातारको झरीका कारण काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित रोशी खोलामा पनि बाढीको सतह बढेको छ।

बाढी र डुबानको खतरालाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा महाशाखाले नदी किनारका बासिन्दालाई सजग रहन आग्रह गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖