केपी ओली प्रधानमन्त्री हुने थाहा पाएपछि भारतमा खैलाबैला, भारतबाटै मोदी सरकारलाई यस्तो चेतावनी
नयाँ दिल्ली । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले नेपालमा बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विजय प्राप्त गरेपछि मोदी सरकारले नेपालसँगको सम्बन्धमा पुर्नविचार गर्न आग्रह गरेको छ ।
‘नेपालमा महत्वपूर्ण राजनीतिक विकास भएपछि भारतले नेपालप्रतिको धारणामा पुर्नविचार एवं परिवर्तन गर्नैपर्छ’ भाकपा (माक्र्सवादी)ले आफ्नो मुखपत्र लोक लहरको सम्पादकीयमा भनेको छ,‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरि समानतामा आधारित निकट सहयोगी सम्बन्ध स्थापना गर्न मोदी सरकारले प्रयास गर्नैपर्छ ।’
सम्पादकीयमा भनिएको छ, ‘नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले ल्याएको बहुमत ‘राजनीतिक रुपमा महत्वपूर्ण विकास’ हो जसको प्रभाव दक्षिण एसियाभरि पर्नसक्नेछ ।’
२०७२ असोजमा जारी गरिएको नयाँ संविधान अनुसार नेपालमा भएका चुनावमा केन्द्रीय संसद र सात प्रदेश मध्ये छ वटामा बाम गठबन्धनले बहुमत ल्याएको छ । भाकपा मार्क्सवादी भनेको छ, ‘नेपालमा बाम गठबन्धनको विजयले मोदी सरकारलाई केही असहज र सन्देह पैदा गरेको छ।’
भारतीय सत्तारुढ संस्थापनले नेपाललाई सँधै कनिष्ठ व्यवहार गर्दै आएको सन्दर्भमा भाकपाले भनेको छ, ‘नेपालले यसका दुई ठूला छिमेकी मुलुक भारत र चीनसँग सुमधुर सम्बन्ध स्थापना गर्न चाहन्छ भन्ने कुरा मोदी सरकारले बुझ्नुपर्छ ।’ चीनको ‘वेल्ट एण्ड रोड इनिसिएटिभ’ योजनालाई सहयोग गर्ने नेपालको निर्णयलाई संदेहपूर्वक नियाल्न पनि भाकपाले भनेको छ ।
भाकपाले नेपाल र भारतबीचको साँस्कृतिक एवं ऐतिहासिक आत्मिय सम्बन्धलाई बजबुद बनाउन अग्रसर हुन पनि मोदी सरकारलाई आग्रह गरेको छ । ओली प्रधानमन्त्री बन्ने पक्कापक्की हुदै गर्दा भारततिय मिडिया र राजनीतिक दलले मोदी सरकारलाइ बारम्बार सुझाव दिदै आइरहेका छन् । (आइएएनएस)


