गोरखा फाईनाईन्सको शाखा भेडेटारमा !

धनकुटा खबर । गोरखा फाईनाईन्स प्रालि काठमाण्डौले धनकुटाको साँगुरीगढी गाउँपालिका स्थित पर्यटकीय नगरी भेडेटारमा आफ्नो २२ औं बैंकिङ्ग शाखा सन्चालनमा ल्याएको छ ।

उक्त शाखाको उत्घाटन संस्थाका अध्यक्ष महेन्द्रलाल राई,गाउँपालिका अध्यक्ष कुमारजंग याखा र होटल एशोसियसन भेडेटारका अधयक्ष लिलाराज लावतीले संयुक्त रुपमा उत्घाटन गरेका हुन् ।

सो अबसरमा बोल्दै प्रमुख अथिती याखाले गाउँपालिकामा बैंकिङ्ग सेवा प्रवाह गर्न आफ्नो संधै सहयोग रहने बताए । त्यस्तै अतिथी लावतीले उक्त फाईनाईन्सले भेडेटारको होटल ब्यसायमा लगानी र आर्थिक कारोबारमा सहयोग पु¥याउने बताए । सो अबसरमा फाईनाईन्सका अध्यक्ष राईले फाईनाईन्सको सुबिधा हरेक मानिसहरुको घर–घरमा पु¥याउन सुझाव दिए ।

पूर्वाञ्चलकै पर्यटकीय स्थलमा सन्चालनमा ल्याईएको उक्त शाखाले सागुरीगढी,चौबिसे गाउँपालका र आगन्तुक पर्यटकहरुलाई लक्षित गरेर सन्चालनमा ल्याइएको शाखा म्यानेजर जीवन राईले जानकारी दिए ।

उक्त शाखाबाट ऋण सेवा,एटिएम,मोवाईल बैंकिङ्ग,रेमिट्यान्स लगाएतका सेवा प्रवाह गरीने राईले धनकुटा खबरलाई जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।