यमनबाट आएको क्षेप्यास्त्र साउदी गठबन्धनद्वारा आकाशमा नै नस्ट

‘शत्रुतापूर्ण’ भन्दै यसमा हुथी विद्रोहीलाई सघाउन इरानको हात रहेको आरोप

रियाद, साउदी अरब । यमनी हुथी विद्रोही विरुद्ध सङ्घर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनबाट साउदी सीमाक्षेत्रमा पर्ने नाजरान शहरलाई लक्षित गरी प्रहार भएको व्यालेस्टिक क्षेप्यास्त्रलाई आकासमा नै नस्ट गरिदिएको साउदी प्रेस एजेन्सीले शुक्रबार जनाएको छ ।

गठबन्धनका प्रवक्ता तुर्की अल माल्कीद्वारा हस्ताक्षर गरिएकोे एक विज्ञप्तिमा भनिएको छ, “यमनी भूमिबाट साउदीको मानववस्तीमा लक्षित गरी आक्रमण गरेको देखेपछि उक्त क्षेप्यास्त्रलाई प्याट्रियट ब्रिगेडले आकासमा ध्वस्त पारिदिएको छ ।”

क्षेप्यास्त्रलाई आकासमा नस्ट गरिएको भएपनि यसबाट उछिट्टिएर आएका टुक्राले सीमाक्षेत्रका भौतिक संरचनामा सामान्य क्षति भएको तर मानवीय क्षति भने नभएको बताइउको छ ।

साउदी अरबले आक्रमण प्रयासलाई ‘शत्रुतापूर्ण’ भन्दै यसमा हुथी विद्रोहीलाई सघाउन इरानको हात रहेको आरोप लगाएको छ ।

यमनी भूमिबाट केही हप्ता पहिले पनि यस्तै आक्रमण प्रयास भएको थियो । उक्त प्रयासलाई पनि आकासमै साउदी गठबन्धनले विफल पारेको जनाएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖