लाखौं भारतीय लाई अमेरिकाबाट हटाउने राष्ट्रपति ट्रम्पको नयाँ नीति, के असर पर्छ नेपालीलाई ?

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याउन लागेको नयाँ नीतिले पाँच लाख भारतीयहरुले अमेरिका छाड्नुपर्ने अबस्था देखिएको छ । ट्रम्प प्रशासनले एचवान वी भिसा (दक्ष आप्रवासी कामदारलाई दिने भिसा) मा अमेरिका पुगेका आप्रवासीलाई कडाई गर्न लागेका हुन् ।

बिदेशी सुरुमा तीन बर्ष एचवान वी भिषा दिने, त्यसलाई फेरि एकपटक तीन बर्षका लागि नवीकरण गर्ने तर त्यसबीचमा ग्रीनकार्ड प्राप्त गर्न नसके उनीहरुले स्वतः अमेरिका छाड्नुपर्ने व्यवस्था मिलाउन लागिएको अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

ट्रम्पको यो नीतिले झण्डै ५-७ लाख भारतीय कामदारले अमेरिका छाड्नुपर्ने हुन्छ । अहिले अमेरिकामा लाखौँ भारतीय दक्ष जनशक्ति कार्यरत छन् । विशेषगरि सूचना प्रविधिको क्षेत्रमा काम गर्नका लागि एचवानबी भिसा लिएर बर्षेनी हजारौँ भारतीयहरु अमेरिका पुग्ने गरेका छन् । ट्रम्पको यो कदमले लाखौं भारतीयको अमेरिकी सपना तुहिने पक्का छ ।

के असर पर्छ नेपालीलाई ?
अमेरिकीको तुलनामा एचवान बी भिसा लिएर अमेरिका पुग्ने नेपालीको संख्या असाध्यै न्यून छ । काठमाडौंस्थित दूतावासबाट यो भिसा लिएर नगन्य मात्रामा नेपालीहरु जाने गरेका छन् । ट्रम्पको यो नीतिले नेपालीलाई भने खासै असर नगर्ने अमेरिकामा कार्यरत संचारकर्मी विजय थापा बताउँछन् । अमेरिकामा करिब तीन लाख नेपाली रहेको अनुमान छ । तर, तीमध्ये अधिकांश सामान्य काम छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖