आम हडतालले कार्यालय, बजार र यातायात ठप्प हुँदा यस्तो देखियो धनकुटा – हेर्नुहोस् भिडियो सहित

आज बस्ने मन्त्रि परिषद्को बैठकलाई लक्षित गरि धनकुटामा प्रादेशिक राजधानी माग गर्दै आम हडताल

धनकुटा खबर, पुष २७ । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त भएपनि सरकारले धनकुटालाई वेवास्ता गरेको भन्दै आज बस्ने मन्त्री परिषद् बैठकलाई लक्षित गरी धनकुटामा बन्द आवहान गरिएको हो ।

बिहिबार पनि धनकुटामा प्रादेशिक राजधानि घोषणको माग गर्दै धनकुटा, हिले, सिधुबा लगाएतका बजारका साथै कोशि राजमार्ग हुदै धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभाकालागि चल्ने सबारी आगमन पनि बन्द गरिएको छ ।

सबारी आगमनकासाथै पसलहरु पनि बन्द रहेकोले त्यस क्षेत्रका बासिन्दाहरुको जनजिवन प्रभावित बन्नुको साथै दुःख महसुस गर्न थालेका छन् ।

बन्दका कारण बिहानैदेखि धनकुटामा लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन भएका छैनन् । बन्द गराउँनकालागि बिहानैदेखि सयौंको संख्यामा धनकुटाबासी सडकमा निश्किएका छन् । सरकार बिरुद्ध प्रदर्शन गर्दै उनीहरुले सडक अवरुद्ध गरिरहेका छन् । यातायात ठप्प बनाईएको जिल्लाबासीले मोटरसाईकलसमेत गुड्न दिएका छैनन् । धनकुटाको जिरोपईन्ट, सरस्वती चौक, आत्मारा लगायत दर्जनौ स्थानमा ढाट राखेर सडक अवरुद्ध गरिएको छ ।

बजार पसल, उद्योग धन्दा, कलकारखाना लगायत पनि ठप्प छन् । प्रादेशिक राजधानी माग गर्दै यसअघि धनकुटामा ६ दिन आमहड्ताल गरिएको थियो । ततपश्चात दुई दिन एक घण्टा चक्काजाम गरी आज पुनः बन्द आवहान गरिएको हो । अन्यत्र प्रादेशिक राजधानी नस्वीकारने अडान राख्दै २८ दिनदेखि प्रदर्शन जारी राखेका धनकुटाबासीले प्रादेशिक राजधानीका लागि जस्तोसुकै मुल्य चुकाउँन पछि नपर्ने चेतावनी दिदै आएका छन् ।

प्रशासनीक गौडा हुँदै पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।