आप्रवासीविरुद्ध कडा नीतिका पक्षमा रहेका ट्रम्पको आप्रवासीप्रति आक्रोश,- ‘कामै नलाग्ने मुलुकका आप्रवासीलाई किन स्याहार्ने ?’

एजेन्सी, पुस २८ । आप्रवासीविरुद्ध कडा नीतिका पक्षमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि उनीहरुविरुद्ध प्रहार गरेको खबर सार्वजनिक भएको छ ।

विहीवार मात्र पनि सांसदहरुसँगको छलफलमा राष्ट्रपति ट्रम्पले ‘किन हामीले कामै नलाग्ने मुलुकबाट आएकाहरुलाई स्याहारिरहेका छौं’ भन्दै आप्रवासीहरुविरुद्ध आक्रोश पोखेका छन् ।

हेइटी, एलसाल्भाडोरसहितका अफ्रिकन मुलुकको नाम लिँदै ट्रम्पले यस्तो आक्रोश पोखेको वासिंगटन पोष्टले दावी गरेको छ ।

राष्ट्रपतिको यस्तो अभिव्यक्तिबारे जिज्ञासा राख्दा ह्वाइटहाउसले पनि अस्वीकार नगर्दै केही अमेरिकी राजनीतिज्ञ विदेशी मुलुकका लागि लड्छन् भने ट्रम्प अमेरिकी जनताको हितका लागि संघर्षरत छन् भन्ने प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति ट्रम्प सँधै अमेरिकालाई बलियो, समृद्ध र अगाडी बढाउन सक्ने गुणस्तरीय आप्रवासीका पक्षमा रहेको र यसको स्थायी समाधानको खोजीमा जुटिरहेको पनि ह्वाइटहाउसले जनाएको छ ।

कानूनी मार्गबाट अमेरिकामा सुरक्षित भविष्य खोज्ने आप्रवासीका कारण अमेरिकी नागरिकको जीवन कठीन र संघर्षमय बन्ने गरेको पनि दावी गरिएको छ ।

सांसदहरुसँगको छलफलमा ट्रम्पले आप्रवासीप्रति कडा नियम लागू गर्नुपर्ने पक्षमा लगातार लबिङ गरिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖