लिबियाको विमानस्थलमा झडप, २० जनाको मृत्यु

त्रिपोली । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा सोमबार लडाकूले आक्रमण गरेपछि सुरक्षाकर्मी र आतङ्ककारीबीच भएको झडपमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । यस आक्रमणमा परी अन्य ६३ जना घाइते भएका छन् ।

जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन भन्दै लडाकूले विमानस्थल मै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षबीच झडप भएको अधिकारीले बताएका थिए ।

झडपका क्रममा भएको गोलाबारीमा परी छ वटा विमान प्रभावित भएको जनाइएको छ ।

मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना सर्वसाधारण छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।

घटनामा परी घाइते भएकामा केहीको अवस्था गम्झीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ ।

मिटिगा विमानस्थल त्रिपोलीबाट पूर्वतर्फ पर्दछ । यो आमनागरिकले प्रयोग गर्ने अन्तरराष्ट्रिय विमानस्थल हो । सन् २०१४ मध्यतिर विद्रोही लडाकूले आक्रमण गर्दा भएको झडपपछि सो विमानस्थल क्षतिग्रस्तरुपमा रहेको छ । उत्तर अफ्रिकी मुलुक लिबियामा लामो समय मोहमर गद्दाफीले तानाशाही शासन व्यवस्था लागु गरेका थिए । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।