विश्वमै पहिलो पटक ‘ड्रोन’द्वारा गरियो दुई किशोरको उद्धार

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा ‘ड्रोन’ द्वारा विश्वमै पहिलो पटक दुई किशोरको बिहीबार उद्धार गरिएको छ । अधिकारीले न्यु साउथ वेल्सको लेनक्स हेडस्थित समुद्री तटमा पौडि खेल्दै गर्दा समस्यामा परेका दुई किशोरलाई ‘ड्रोन’ ले बचाएको हो ।

उनीहरू १५ र १७ वर्ष उमेरका हुन् । उक्त ड्रोनलाई ‘लाइफ सेभिङ ड्रोन’ को संज्ञा दिइएको छ । करिब ७ सय मिटर गहिरो स्थानमा फसेका उनीहरूले अन्य व्यक्तिले देखेपछि जीवन रक्षकलाई खबर गरेका थिए । लगत्तै उक्त ‘ड्रोन’ ले पानीमा तैरिने वस्तुको सहायताले उनीहरूको उद्धार गरेको हो । राज्यका उपप्रमुख जोन बारिलारोले उक्त कार्यलाई ‘ऐतिहासिक उद्धार’ को संज्ञा दिए । उनले भने, ‘तैरिने वस्तु जोडिएको ड्रोनले यसअघि कहिल्यै पनि पौडीवाजलाई उद्धार गरिएको थिएन ।’ अधिकारीहरूले उक्त घटनासँगै अस्ट्ेरलिया प्रविधिमा अगाडि रहेको पुष्टि भएको बताए । उक्त ड्रोन जीवनरक्षक सुपरभाइजर जई सेरिडनले परिचालन गरेका थिए । उनले उक्त घटना ‘अवास्तविक’ भएको प्रतिक्रिया दिए । सेरिडनले भने, ‘उक्त ड्रोनले आज आफू जीवनरक्षा गर्ने प्रभावकारी यन्त्र भएको प्रमाणित गरेको छ ।’

उनले ‘लिटल रिपर’ नामक ड्रोनलाई उद्धारका लागि ७० सेकेन्ड मात्र लागेको बताए । ड्रोनको क्यामेराले उद्धारका क्रमका सम्पूर्ण दृश्यसमेत रेकर्ड गरेको छ । न्यु साउथ वेल्सका संसदीय सचिव बेन फयांकलिनले जीवनरक्षकलाई ‘अविश्वसनीय प्रयास’ गरेको भन्दै धन्यवाद दिए । न्यु साउथ वेल्स सरकारले गत डिसेम्बरमा ड्रोनको विकासका लागि ३ लाख ४० हजार लगानी गरेको बताएको थियो । त्यस्ता ड्रोनले आपत्मा परेका मानिसलाई उद्धार गर्ने, चेतावनी जारी गर्न तथा सार्कहरूको स्थिति पत्ता लगाउन प्रयोग गर्ने जनाइएको छ । ड्रोनहरूमा प्रयोग हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ले कुनै खतराको समेत सूचना जारी गर्नेछन् ।

अस्ट्रेलियामा हालैका दिनमा समुद्रमा सार्कको आक्रमण बढदो छ । अधिकारीका अनुसार यस वर्ष मात्रै १४ जनामाथि सार्कद्वारा आक्रमण भइसकेको छ । अस्ट्रेलियामा २ करोड ४० लाख मानिस तटीय क्षेत्रमा बसोबास गर्छन् । केही दिनअघि अस्ट्ेरलियाको तापक्रम ७९ वर्ष यताकै उच्च रेकर्ड भएको थियो । त्यसयता समुद्रमा पौडिने सर्वसाधारणहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । २०१७ को पहिलो ६ महिनामा अस्ट्ेरेलियमा २ सय ९१ को मृत्यु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।