६ लाखको लागतमा धनकुटाको सिंधुवामा खेल मैदान
धनकुटा खबर । ६ लाखको लागतमा धनकुटाको सिंधुवामा खेल मैदानको निर्माण गरिएको छ । श्री सरस्वती मा.बि.को ५० रोपनी जमिनमा निर्माणधिन उक्त खेल मैदान १ सय मिटर लम्बाई र ६५ मिटर लम्बाईको हुनेछ ।

निमार्ण खेल मैदानका लागि छथर जोरपाटी गाउँपालिका वडा नं.६ को २ लाख ५० हजार,स्थानियबासीहरुको को २ लाख ५० हजार र सिंहदेवी युथ क्लव सिंधुवाको १ लाख लागत रहेको छ ।

निर्माणाधीन उक्त खेल मैदानले उक्त क्षेत्रको खेलकुद क्षेत्रमा हयोग पुग्ने निर्माण समितिका अध्यक्ष लक्ष्मि नारायण श्रेष्ठले जानकारी दिए ।
आगामी दिनमा कभर्ड हल,रनिङ्ग ट्रयाक र प्याफिट निर्माणका लागि बिष्णु पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको श्रेष्ठले जानकारी दिए ।
उक्त खेल मैदानको जिल्ला फटवल धनकुटाका उपाध्यक्ष दिवेश खड््काले उत्घाटन गरेका थिए ।


