धनकुटाको कृषि क्षेत्रमा ५ अर्ब खर्च गर्दै सरकार, हेर्नुहोस् कुन तहले कति पाउँदैछन् ?

धनकुटा खबर । चालु आर्थिक बर्ष ०७४-०७५ मा धनकुटाको कृषि क्षेत्रमा ५ अर्ब ३५ लाख ६५ हजार खर्च गरिने भएको छ ।

कृषि बिकास मन्त्रालयले जिल्लाका ७ स्थानिय तहमा रहेका ३ नगरपालिका र ४ गाउँपालिका मार्फत् उक्त रकम खर्च गरिने मन्त्रालयले जिल्ला कृषि बिकास कार्यालय धनकुटालाई जानकारी पठाएको छ ।

कृषि कार्यालय धनकुटाले दिएको तथ्यांक अनुसार धनकुटा नगरपालिकामा १० करोड ४७ लाख ७ हजार,पाख्रिबास नगरपालिकामा ६६ लाख ८९ हजार,महालक्ष्मि नगरपालिकामा ८० लाख ९९ हजार खर्च गरिने छ ।

त्यस्तै शहिदभूमि गाउँपालिकामा ७१ लाख ८९ हजार,चौबिसे गाउँपालिकामा ९६ लाख ३ हजार,छथर गाउँपालिकामा४८ लाख ७७ हजार र साँगुरी गाउँपालिका ६६ लाख ३१ हजार खर्च गरिने छ ।

बिभिन्न ६ शिर्षमा खर्च गरिने उक्त रकमहरु एक गाउँ एक प्राबिधिक कार्यक्रम अन्तर्गत ३८ लाख ४० हजार,सहकारी खेती र साना सिंचाई कार्यक्रममा ३२ लाख ३ हजार,बाली बिकास कार्यक्रममा २० लाख ८३ लाख खर्च गरिने छ ।

त्यस्तै प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तर्गत २ करोड ४९ लाख,आलु,तरकारी,मसला बिकास कार्यक्रममा २२ लाख ५६ हजार र माटो ब्यबस्थापन कार्यक्रमका लागि ६५ लाख ८ हजार खर्च गरिने छ ।

उक्त सम्पूर्ण बजेट स्थानिय निकायहरुबाट निकासी हुने भएपनि प्राबिधिक सेवा सुबिधा भने कृषि कार्यालबाट सेवा दिईने कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत भरत प्रसाद बिडारीले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।