पाकिस्तान माथि भारतीय सेनाको आक्रोश, गणतन्त्र दिवसमा मिठाई बाँड्न अस्वीकार
एजेन्सी । गणतन्त्र दिवसका अवसरमा भारतीय सेनाले पाकिस्तानी रेन्जर्ससँग मिठाई आदान प्रदान गर्न अस्वीकार गरेको छ ।
दुई देशका सेनाबीच एक महिनायता निरन्तर गोलाबारी चलिरहेका बेला भारतीय सेनाले पाकिस्तानी रेन्जर्ससँग शुभकामना र मिठाई आदान प्रदान गर्न अस्वीकार गरिदिएका हुन् ।

भारतीय पक्षले गणतन्त्र दिवसमा यो पटक मिठाई र शुभकामना आदानप्रदान गर्न नसकिने जानकारी पाक सेनालाई दिएका थिए ।
भारतीय सीमा सुरक्षा बल (बीएसएफ) सूत्रलाई उधृत गर्दै आएको समाचार अनुसार पाकिस्तानी रेन्जर्सलाई यस पटक गणतन्त्र दिवसमा मिठाई आदान प्रदान नहुने जानकारी भारतीय पक्षले दिएको थियो ।
जम्मु तथा कश्मिरमा अन्तर्राष्ट्रिय सीमा (आईबी) र नियन्त्रण रेखा (एलओसी) मा दुई देशका सेनाबीच पटक पटक भिडन्त हुँदै आएका बेलाको तितो मिठाईमार्फत मेटाउन भारत तयार नभएको हो । सिमानामा भएको युद्धविरामबीच पाकिस्तानी सेनाले गोली चलाउँदा आफ्ना धेरै सेना र सर्वसाधरण मारिएको विरोधमा भारतले यस्तो आक्रोश देखाएको हो ।
दुवै देशका सीमा सुरक्षा बल बितेका कयौँ वर्षदेखि ठुला धार्मिक अवसर ईद, दिपावाली र स्वतन्त्रता दिवस, गणतन्त्र दिवसमा मिठाई बाँड्दै आएका थिए । बितेका पाँच वर्षयता केही पटक यो पटक जस्तै मिठाई बाँडिएको थिए ।


