‘पद्मावत’ फिल्मका कारण हिंसा, भारतका धेरै ठाउँमा आगो बल्यो

काठमाडौं । हिजोदेखि प्रदर्शनमा आएको फिल्म पद्मावतका कारण भारतका धेरै ठाउँमा हिंसाका घटना भएका छन् ।

सञ्जयलिला भन्सालीको निर्माण तथा दीपिका पादुकोण र रणविर सिंहको अभिनय रहेको फिल्ममा राजपुत जातकी हिन्दु रानी पद्मीनीको एक मुस्लिम समुदायका युवकसँगको प्रेमलाई देखाइएको छ ।

विरोधको नेतृत्व भारतीय हिन्दु समर्थक राजपुत करणी सेनाले गरिरहेको छ । फिल्मले रानीको अपमान गरेको र रानीलाई उत्ताउलो बनाइदिएको भन्दै विरोध भएको छ । भारतका विभिन्न सहरमा गाडी र पसलमा तोडफोड भएको छ ।

केही सहरमा स्कुल र सरकारी कार्यालय पनि बन्द गराइएको छ । राजस्थान, मध्यप्रदेश, गुजरात र गोवा राज्यमा फिल्म प्रदर्शन भएको छैन भने फिल्म प्रदर्शन भएका राज्यका सिनेमा हल बाहिर धेरै सुरक्षाकर्मी खटाइएको छ ।

फिल्मको पदर्शन रोक्न माग गर्दै अदालतमा मुद्दा हालिएको थियो तर सर्वोच्च अदालतले फिल्म रोक्नुपर्ने कुनै कारण नभएको भन्दै फिल्म रिलिजको आदेश दिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖