यी पोर्नस्टार डेनियल्स जसलाई डोनाल्ड ट्रम्पले सेक्स सम्बन्ध राखेका थिए

न्यूयोर्क । केही नबोली स्टोर्मी डेनियल्सले मन्द मुस्कान मात्र दिइन् । प्रश्न यौनसँग जोडिएको थियो जुन उनले टेलिभिजन च्यानलमा दावी गरेकी थिइन् – डोनाल्ड ट्रम्पसँग सेक्स भएको थियो ।

डेनियल्स जसको सहि नाम हो स्टेफनिक क्लिफोर्ड, पोर्न स्टार । राष्ट्रपतिसँगको यौन सम्बन्धको विषय एकाएक चर्चामा जब ट्रम्पका वकिल मिखेल कोहेनले चुनावको एक साताअघि १ लाख ३० हजार अमेरिकी डलर तिरेर पोर्नस्टारको मुख बन्द गराएको सार्वजनिक भयो ।

विषय चर्चामा आएपछि टेलिभिजन अन्तर्वार्तामा उनलाई सोधिएको थियो, ‘तपाइको डोनाल्ड ट्रम्पसँग यौन सम्बन्ध भएको थियो ?’ उत्तरमा उनले रहस्यमयी मुस्कान मात्रै दिइन् ।

एक सन्तानकी आमा समेत रहेकी उनी यतिखेर चर्चाको केन्द्रमा छिन् । ‘कसैले पनि मलाई दोह-याएर हेर्दैन थिए’, चर्चाको केन्द्रमा रहँदा उनको प्रतिक्रिया थियो, ‘अहिले जोसुकैले पनि मलाई नै हेरिरहेका छन् ।’

३९ वर्षीया पोर्नस्टारले १ सय ५० भन्दा बढी फिल्म गरिसकेकी छिन् । जसमा गुड विल हम्पिङ र अपरेसन डिजर्स स्ट्रोमीसमेत सामेल छन् । उनले टच म्यागेजिनसँग कुरा गर्दा ट्रम्पसँग सेक्सुअल रिलेसन रहेको बताएकी थिइन् । भविष्यको अमेरिकी राष्ट्रपतिसँग त्यस्तो सम्बन्ध एक वर्षसम्म कायम थियो ।

‘कुनै दिन आवश्यकता प-यो भने म उनका खराबीलाई खोल्न सक्छु’, सन् २०११ मा ड्यानियल्सले अन्तर्वार्तामा भनेकी थिइन् । उनले सन् २००६ मा ट्रम्पसँग ह्यारिस क्यासिनो होटलको रुममा यौन सम्बन्ध कायम गरेको बताइएकी थिइन् जहाँ च्यारिटीका लागि सेलिब्रिटीले गल्फ खेलेका थिए ।

ट्रम्पका वकिलले डेनाइल्सलाई पैसा दिएर चुप लगाएको विषयलाई अस्वीकार गरेका छन् ।

वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुने तयारीमा रहेकी फस्ट लेडीले स्विट्जरल्यान्डको डाभोस यात्रा क्यान्सिल गर्नुका पछाडि यही खुलासा रहेको अनुमान गरिएको छ । यद्यपि ट्रम्पका प्रवक्ताले सेड्युल र लजिस्टिक इस्युका कारण उनी नगएको दावी गरेकी छिन् ।

उनीहरूको यौन सम्बन्ध त्यतिखेर भएको खुलासा भएको छ जतिखेर ट्रम्पकी पत्नी मेलेनियाले एक महिनाअघिमात्र छोरो वारोनलाई जन्म दिएकी थिइन् । डेनियल्सले यौन सम्बन्धमात्र होइन २०११ को अन्तर्वार्तामा रासलीलाका तरिकाबारे पनि खुलाएकी थिइन् । – एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।