दुई घण्टासम्म पछ्याएर भएपनि रूसी विमानले आफ्नो सिमाना कटाएरै छाड्यो अमेरिकी जासुसी विमानलाई, यस्तो छ कारण…

एक रूसी लडाकु विमान ‘ब्ल्याक सी’माथि अमेरिकी जासुसी विमानदेखि अति नजिकबाट उडेको छ। एसयु-२७ लडाकु विमान र इपी-३ जासुसी विमान मात्र डेढ मिटरको दूरीमा उडेका हुन्।

अमेरिकी नौसेनाका अनुसार रूसी विमानले अमेरिकी विमानलाई दुई घण्टासम्म पछ्याएको थियो। अन्तर्राष्ट्रिय आकाशमा उक्त घटना भएको बताइएको छ।

गतिविधि
रूसी रक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आकाशको प्रयोगसम्बन्धी नीति अनुसार नै आफ्ना गतिविधि भएको जनाएको छ। रूसी र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) गठबन्धन दुवैले साझा आकाशको प्रयोग गर्दै आएका छन्। यद्यपि सन् २०१४ मा रूसले क्राइमियालाई गाभेपछि तनाव बढेको छ।

अमेरिकी नौसेनाले एउटा विज्ञप्ति जारी गर्दै आफ्नो देशको जासुसी विमानको मार्गमा रूसी लडाकु विमान प्रवेश गरेको जनाएको छ।

सचेत
उसले “रूसी सेनालाई अन्तर्राष्ट्रिय आकाशमा गतिविधि सञ्चालन गर्ने अधिकार भए पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सुरक्षा सुनिश्चितता र दुर्घटना हुन नदिने काम गर्नुपर्ने” भन्दै सचेत गराएको छ।

अर्कोतर्फ रूसी रक्षा मन्त्रालयले “आफ्नो विमानको उडान मार्ग आकाश प्रयोग गर्न पाइने अन्तर्राष्ट्रिय नीति अनुरूप भएको” जनाएको छ।

उसले आफ्ना पाइलटहरूको व्यवहार कुनै तरिकाले पनि ‘मापदण्ड विपरीत’ नभएको र उनीहरूका गतिविधि “रूसी आकाशमा प्रवेश गर्ने अमेरिकी प्रयासलाई रोक्ने भएको” जनाएको छ। रूसी सरकारले भनेको छ, अमेरिकी विमान रूसको सिमानादेखि टाढा गएपछि आफ्नो लडाकु विमान फर्केको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।