होटल संघ नेपालको क्षेत्रीय कमिटी धनकुटामा गठन

धनकुटा खबर । होटल संघ नेपालले आफ्नो १४ औं क्षेत्रीय कमिटी धनकुटामा गठन गरेको छ ।

एशोशियसनले मगलबार धनकुटा च्याप्टरको प्रथम भेला गरेर २०५५ सालबाट सन्चालनमा रहेको होटल एशोशियसन धनकुटालाई बिघटन गरेर तदर्थ समिति गठन गरेको हो ।

प्रथम भेलाबाट शसोसियसनका पूर्व अध्यक्ष खगेन्द्र बिष्ट अध्यक्ष रहनेगरी १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

सो अबसरमा संघका केन्द्रिय अध्यक्ष अमरमान शाक्यले संघमा आवद्ध भएपछि अब धनकुटा र काठमाण्डौ होटलहरु बीच पर्यटकहरुको आवागमनमा सहकार्य हुने बताए ।

शाक्यले एशोसियसनको बिधान अनुसार क्षेत्र गठन गर्नुपर्ने भएकोले हाल धनकुटालाई क्षेत्रीय समिति गठन गरेपनि अब छिट्टै बिद्यान संशोधन गरेर जिल्ला समितिहरु पनि गठन गरिने बताए ।

नव गठित क्षेत्रीय कमिटीका अन्य पदाधीकारीहरुमा भूषण श्रेष्ठ बरिष्ठ उपाध्यक्ष,हर्कबहादुर राई उपाध्यक्ष,जयमणि भिमिरे सचिव,प्रकाश श्रेष्ठ सह–सचिव र डम्बरराज काफ्ले कोषाध्यक्ष रहेका छन् ।

त्यस्तै सदस्यहरुमा देवीमायाँ श्रेष्ठ, चन्द्रकला भिमिरे, मोहन बान्तावा राई, सिताराम राई, अशोक राई, दिनेश राई र सीता खड्का रहेका छन् ।

सुरेश भट्टराई संयोजक तथा चन्द्र बिष्ट र दिनेश श्रेष्ठ सदस्य रहने गठन भएको यस समितिले आगामी पहिलो बैठकबाट पहिलो अधिवेशनको मिति तय गर्ने जानकारीे दिएको छ ।

कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग,नेपाल पत्रकार महासंघका पूर्व सभापति खगेन्द्र भिमिरे तथा बिभिन्न संभ,संस्थाका प्रतिनीधिहरुले नव गठित समितिलाई शुभकामना दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।