बैंकिङ सुविधा नहुँदा योजनाको काममा असर, तलवभत्ता लिन पनि सदरमुकाम धनकुटा धाउनु पर्ने वाध्यता
धनकुटा खबर । बैंकिङ सुविधा नहुँदा धनकुटाको सहिदभूमी गाउँपालिकामा दैनिक कामकाज सञ्चालन गर्न कठिनाइ भएको छ । गाउँपालिकाद्वारा सञ्चालित योजना, कर्मचारीको तलवभत्ताको भुक्तानी लिन वैंक नभएको कारण सदरमुकाम धाउनु पर्ने वाध्यता छ ।
सहिदभूमी गाउँपालिकामा राष्ट्रिय वाणिज्य वैंक सहित अन्य वैंकको पहुँच छैन । सरकारले हरेक स्थानीय तहमा वाणिज्य वैंकको पहुँच विस्तार गर्ने नीति लिएपनि उक्त नीति कार्यान्वयन नहुँदा ग्रामीण क्षेत्रका सेवाग्राही समस्यामा परेका छन् ।
सहिदभूमी गाउँपालिकामा चालु आर्थिक वर्ष २०७४÷७५ मा योजना तथा कार्यक्रम सञ्चालन गर्न २२ करोड ७० लाख रुपैया बजेट विनियोजन भएको छ । वैकिङ सुविधा नहुँदा गाउँपालिकावाट सञ्चालित विकासका योजना तथा कार्यक्रमको खाता सदरमुकाम स्थित राष्ट्रिय वाणिज्य वैंक धनकुटा शाखामा छ ।
वैकिङ सुविधा नहुँदा योजनाको काममा असर पुर्याएको सहिदभूमी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्दिरा न्यौपानेले बताइन् ।


