सञ्जालमा भाइरल बनेकी प्रिया अदालत पुगिन्, यस्तो छ कारण…

एजेन्सी । सामाजिक सञ्जालमा चर्चा बटुलिरहेकी दक्षिण भारतकी किशोरी प्रिया प्रकाश वारियर पनि अदालत पुगेकी छन्। उनले आफूविरूद्ध दर्ता भएको मुद्धा रद्ध गर्नु पर्ने माग राख्दै उच्च अदालतको पुगेकी हुन् ।

केरलकी यी अभिनेत्रीले सोमबार आफ्नो मौलिक अधिकारको हनन भएको भन्दै अदालतमा मुद्धा दर्ता गराएकी छन् । उनले अभिनय गरेको फिल्म ‘ओरु ओदार लव’ को एउटा गीतमा धार्मिक भावनामा ठेस पुर्याएको भन्दै मुसलीम समुदायले यसै साता उच्च अदालतमा मुद्धा दर्ता गराएका थिए ।

प्रियाले गीतको गलत अनुवादलाई आधार बनाएर मुद्धा दर्ता गर्नु दुखद भएको बताइन् । मलयालम भाषीले अन्य राज्यमा पनि मुद्धा दायर गर्ने सम्भावना बढेपछि प्रियाले तेलङगाना र महाराष्ट्रमा दर्ता भएको मुद्धा रद्द गर्न माग गरिन्।

मुद्धामा भनिएको छ, फिल्मको गीत मुसलीम धर्मगुरु मोहम्मद पैगम्बर र उनको श्रीमतीको प्रेम सम्बन्धलाई लिएर केरलको मालाबार क्षेत्रमा प्रचलित मान्यताको आधारमा लेखिएको हो । उजुरी दर्ता गर्ने व्यक्तिले यसलाई गलत अर्थमा लिएको भनिएको छ। मुद्धामाथिको सुनवाई मंगलबार हुँदैछ।

सम्बन्धित भिडियो सहितको खबर हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्यी युवतीको आँखा र सुन्दरताले इन्टरनेटमा तहल्का मच्चायो, रातारात भाइरल भईरहेकी यी युवतीको वास्तविक रहस्य यस्तो छ…



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।