मर्नु अघि सिरियाकी यी ३ बर्षिय बालिकाले ‘भगवानलाई म सवैकुरा भन्नेछु’ भनेपछि…

एजेन्सी । अमेरिका र रुसको सहयोग पाएको सीरिया सरकारले आफ्नै देशको विद्रोही प्रभावित क्षेत्रमा रासायनिक हतियारबाट आक्रमण गर्दा ५ सय बढिले ज्यान गुमाएका छन् ।

युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सीरिया सरकारले एक सातादेखि निरन्तर विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला गरिरहेको छ । हमलामा क्लोरिन जस्ता रासायनिक हतियारको पनि प्रयोग पनि गरिएको छ ।

विद्रोही नियन्त्रित क्षेत्र गुटामा निरन्तर हवाई र रासायनिक आक्रमण गर्दा बालबालिका बढि प्रभावित बनेका छन् । एकसतामा पाँच सय बढिको ज्यान गइसकेको छ । बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेनका अनुसार यहाँ एउटा नर्क जस्तो अबस्था सिर्जना भएको छ ।

सीरियामा सात वर्षदेखि सरकार पक्ष र विद्रोही संगठन जैश अल इस्लामबीच युद्ध भइरहेको छ । रुस सरकारको सहयोगमा सीरिया सरकारले कायरतापूर्ण आक्रमण गरेपछि विश्वभर आलोचना भइहरेको छ भने संयुक्त राष्टसंघ मुख दर्शक बनेको छ ।

सीरियामा पछिल्लो हमला सुरक्षा परिषदमा ३० दिनको संघर्षविरामको प्रस्ताव पारित भएको केही घण्टापछि सरकारी पक्षले आक्रमण थालेको हो । आक्रमणमा परेकी बालबालिका तस्विरहरु यतिबेला विश्वभर फाइरल भइरहेका छन् ।

आक्रमणमा परेर घाइते भएकी एक ३ बर्षीया बालिकाले मर्नुभन्दा अगाडी भनेकी छिन्,- भगवानलाई म सवैकुरा भन्नेछु । उनको यो भाषाले विश्वभर तरंग पैदा गरिदिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।