बीजेपी को विजय पछि भारतमा ढालियो लेनिनको शालिक, कम्युनिष्ट पार्टीको कार्यालय तोडफोड

काठमाडौं । भारतको त्रिपुरामा सोमबार बीजेपी वर्कर्सले रुसी क्रान्तिका नायक ब्लादिमिर लेनिनको शालिक ढालिदिएका छन् ।

यो दौरान उनीहरुले भारत माताको जयजयाकारको नारा लगाएका थिए । पार्टी महासचिव राम माधवले यस घटनाको फोटो ट्वीट गरे । उता राज्यमा माक्र्सवादी कम्युनिस्ट पार्टी (सीपीएम) का कयैन कार्यालयहरु तोडफोड गरिएका छन् । यो खबरहरु पछि केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले गवर्नर तथागत रोयलाई सरकार नबनुन्जेल सम्म अवस्थामाथि ख्याल राख्न भने ।

सीपीएमले जनायो असन्तुष्टि

साउथ त्रिपुरा डिस्ट्रिक्टको बेलेनिया सबडिवीजनमा लेनिनको मूर्तिलाई डोजर (जेसीबी) लगाएर लडाइएको छ । यहाँ यो मुर्ति पांच वर्ष पहिले राखिएको थियो । पुलिसले जेसीबी चालकलाई पक्राऊ गरेको जनाएको छ । ऊ मदिराले मात्तिएकोे अवस्थामा थियो । यो घटनालई लिएर वाम पार्टीले असन्तुष्टी व्यक्त गरेको छ ।

त्रिपुराका कैयन स्थानहरुमा तोडफोड

बीजेपीले निवार्चनमा विजय प्राप्त गरे पछि राज्यमा सीपीएमका कार्यालय लगायत कयैन स्थानहरुमा तोडफोड भएको छ ।

सीपीएमले यी तोडफोडहरु बीजेपी र उसको सहयोगी आईपीएफटीका कार्यकर्ताहरुले गरेको आरोप लगाएको छ । सो पार्टीले सीपीएमको कार्यकर्ताहरुका घरहरु पनि नीशाना बनाइएको जनाएको छ । बीजेपीले भने यो सीपीएमको विरुद्धमा मानिसहरुको असन्तोष भएको उल्लेख गरेको छ । रातोपाटी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।