धनकुटाको हिलेमा खाना महोत्सवको तयारी तिब्र
धनकुटा खबर । यही चैत १० गते देखी हिलेमा आयोजना हुन लागेको प्रथम खाना महोत्सवको तयारी तिव्र पारिएको छ ।

हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था र होटल एशोसिएसन नेपाल क्षेत्रीय कमिटि धनकुटाको आयोजनामा हुने खाना महोत्सवको तयारी स्वरुप शेर्पा,तामाङ्ग,मगर,गुरुङ्ग, राई लिम्वु, र नेवारी लगायत २० प्रकारका खानाका स्टलहरु राख्ने निर्णय गरिएको छ ।
प्रथम खाना महोत्सव मूल आयोजक समितिका अध्यक्ष खगेन्द्र कुमार विष्टको अध्यक्षतामा आज वसेको वैठकमा महोत्सव भरि यहाँ आउने पर्यटकहरुलाई धार्मिक तथा पर्यटकीय स्थलहरु वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको १ सय ८ सिढीं चढी भ्यूप्वाईन्ट वाट विभिन्न जिल्ला र पर्यटकीय स्थलहरुको अवलोकन गर्ने,जौटार सामुदायीक वन घुम्ने,पाख्रीवासको वुद्ध पार्क र सिमसार क्षेत्र घुम्ने सहितको व्यवस्था मिलाईएको जानकारी दिईएको छ ।
महोत्सवमा राष्टिय कलाकारहरु धिरज राई,पासाङ्ग शेर्पा,कृष्यण काफ्ले,सुजन तिगेला लगायतको साङ्गीतिक प्रस्तुती रहने पनि आयोजकले जनाएको छ ।


