‘पूर्वाञ्चल गट ट्यालेन्ट’ मोरङकी सोनीलाई
धनकुटा खबर । पूर्वाञ्चल गट ट्यालेन्ट २०७४ को उपाधी मोरङका सोनी गुरुङ लिन सफल भएकी छिन् ।
बाह्रजना विभिन्न विधाका प्रतिष्पर्धीलाई पछि पार्दै डान्स विधामा ८९ दसमलव ९४ सर्वाेत्कृष्ट नम्बर ल्याई नगद एक लाख रुपैया सहित उपाधी हासिल गरेकी हुन् ।

पूर्वाञ्चल गट ट्यालेन्ट २०७४ कार्यक्रमको आयोजना टिन्स क्रिउ डान्स सेन्टर धनकुटाले आयोजना गरेको हो ।
पूर्वाञ्चल गट ट्यालेन्ट २०७४ को विभिन्न अडिसनहरु प्रदेस नं.१ को भोजपुर, संखुवासभा, तेह्रथुम, सुनसरी, मोरङ्ग र धनकुटामा छैठौ अडिसन सम्पन्न गरि सातौ अडिसन धनकुटाबाट सर्वाेत्कृष्ट सोनी गुरुङ्ग छानिएको हो ।
कार्यक्रममा गायन,नृत्य र अभिनय विधा रहेका थिए ।सुरुवती चरणको अडिसनमा ५ सय ४ जनाले सहभागिता जनाएका थिए ।
अन्त्तिम अडिसन सातौमा आइपुग्दा टप बाह्र जना विभिन्न जिल्लाका कलाकारहरु छनौट भएका थिए ।
सर्वाेत्कृष्ट घोषणा भएसँगै सोनी गुरुङ्गले नगद रु १ लाख र रु ५ लाख वरावरको जिवन विमा हासिल गरिन् ।
एसएमएस र सम्बन्धित विधाका ज्ञाताहरु निर्णयक राखेर निर्णय गरिएको थियो ।निर्णयक मण्डलमा गित संगित विधा तर्फ सूर्य वालिङ,आशोक मुकारुङ,नृत्य विधा तर्फ सरोज भूजेल,अभिनय विधा तर्फ दयाहाङ्ग राई रहेका थिए ।
गाँउ गाँउमा लुकेर बसेका प्रतिभाहरु तथा लोपोन्मुख कला सँस्कृतिको सम्मानार्थ कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक सुमन योगीले बताए ।
कला र सँस्कृतिको क्षेत्रमा युवाहरुको झुकाव घट्दै गएको महसुस गरि धनकुटा कला,साहित्य र सँस्कृतिमा अझैपनि क्रियाशिल हुन जरुरी रहेको महसुस गरि कार्यक्रमको आयोजना गर्ने गरिएको संयोजक योगीले बताए ।
धनकुटाको तल्लो टुडिखेलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि रुपमा जिल्ला समन्वय समितिका सभापति टंक चुहान रहेका थिए ।
गोर्खा ब्रुअरी प्राइभेट लिमिटेड मुख्य प्रायोजक रहेको पूर्वाञ्चल गट ट्यालेन्ट २०७४ कार्यक्रमको सह–प्रायोजक प्राइम लाइफ इन्स्योरेन्सल,कान्जिरोवा होटल हिले रहेका थिए ।
कार्यक्रममा अतिथि कलाकारहरु आशोक मुकारुङ्ग,सूर्य वालिङ,रवि किरण,पासाङ सेर्पा, दक्षिण राई,हेमु स्मृति चोङवाङ लगायतकाले गित प्रस्तुत गरेका थिए ।


