९ कक्षामा अध्यनरत विद्यार्थीलाई वाल विवाह र घरेलु हिंसा बारे सचेतना
धनकुटा खबर । वाल विवाह र घरेलु हिंसा न्यूनिकरणमा सहयोग पुर्याउने लक्षका साथ धनकुटाको चौविसे गाउँपालिका २ स्थितको श्री संयुक्त माद्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई आज प्रशिक्षण दिईएको छ ।
वाल विवाह र घरेलु हिंसाको न्यूनिकरण सचेतना कार्यक्रम मुढेवासको आयोजना तथा चौविसे गाउँपालिका वडा नं २ को आर्थिक सहयोगमा ९ कक्षामा पढ्ने ५४ जना विद्यार्थीलाई वाल विवाह र घरेलु हिंसाको वारेमा प्रशिक्षण प्रदान गरिएको हो ।
संयुक्त माद्यमिक विद्यालयका प्रधानाध्यापक वीर वहादुर लिम्वुको अध्यक्षता तथा २ नं वडा सदस्य विमला परियारको प्रमुख आतिथ्यमा सञ्चालित प्रशिक्षणमा वाल विवाह र घरेलु हिंसा सँग सम्वन्धित विभिन्न ११ वुदामा विद्यार्थीहरुलाई जानकारी गारइएको थियो ।
कार्यक्रमको सहजिकरण मुढेवास माविका शिक्षक टंक माया मगर र सुनिल थापा मगरले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सचिव ज्योति मगरले राख्नुभएको थियो । कार्यक्रममा वाल कल्याण प्राविका शिक्षक गजेन्द्र घिमिरे, वुद्धीजीवि भीम वहादुर तुम्छा,सञ्च वहादुर मादी शिक्षक रेवती प्रसाद घिमिरे शालिग्राम पौडेल लगायतले मन्तव्य राखेका थिए ।
पछिल्लो समय त्यस क्षेत्रमा विद्यालयमा अध्यन गर्दागर्दै धेरै विद्यार्थीहरुले वाल विवाह गर्ने क्रम वढेपछि उनीहरुलाई सचेत गराउन यस्तो प्रशिक्षण दिईएको शिक्षक शालिग्राम पौडेलले वताउनुभयो ।


