आगलागी पीडितलाई सहयोग
धनकुटा खबर । धनकुटा नगरपालिका वडा न ९ बेलाहारामा आगलागीमा परी घर गोठ र पशुचौपाय गुमाएका ६ परिवार लाई फेकोफन नगर महासंघले सहयोग गरेको छ ।

फागुन २२ गते दिउँसो स्थानीय पशुपति भण्डारीले बारीमा झिँजा डढाउने क्रममा आगो फैलदाँ सामुदायिक वनमा आगलागी भई वस्तीमा पसेर ६ घर आगलागी भई आगालागीबाट घर गुमाएकालाई बिहीबार सामुदयिक वन नगर महासंघले राहत वितरण गरेको हो ।
मानविय क्षती नभए पनि आगलागीमा परेर घरगोठ जलेका मान बहादुर राई, गोपाल भण्डारी, ध्रुव भण्डारी र मुखजीत राईका परिवारलाई प्रति परिवार ५ हजारका दरले र घर गुमाएका मनकुमारी राई र कुल बहादुर तामाङका परिवारलाई प्रति परिवार ३ हजारका दरले रकम वितरण गरिएको हो ।
यस्तै, धनकुटा नगरपालिका ७ निवासी व्यावसयी पुस्कर जोशीले आगलागीमा परिवारलाई प्रति परिवार ३ हजार १० रुपैयाँ मुल्य बराबरको दरले खाद्यान्न सहयोग गरेका छन् ।
राहत वितरण कार्यक्रमा फेकोफनका जिल्ला अध्यक्ष राजेन्द्र खड्का , सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य शिव आङ्गला, फेकोफन नगर महासंघकी अध्यक्ष जयादेवी पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।


