धनकुटाको हिलेमा प्रथम खाना महोत्सव सुरु
धनकुटा खबर । पूर्वको पर्यटकियस्थल धनकुटाको हिलेमा आजबाट प्रथम खाना महोत्सव सुरु भएको छ ।

रामनवमी पर्वको अवसरमा कृषि, पर्यटन, व्यापार, स्वाथ्य र स्वरोजगार समुन्नत हिलेको आर्थिक विकासको आधार भन्ने मुलनाराका साथ खाना महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा स्थानीय तथा विभिन्न जातजातिका खानाका २४ स्टल छन् । महोत्सव अवधीमा स्थानीय होटलहरुमा आगन्तुकका लागि खाना र बस्नमा बिशेष छुट दिईएको आयोजक हिले पर्यटन विकास संस्थाले जनाएको छ ।
पाँच दिन सम्म चल्ने महोत्सवमा ५० हजार पर्यटक भित्राउने र करीब १ करोड रुयैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । रामनवमी पर्वको अवसरमा हिले बजार रामलीला र रथयात्रा गरिएको छ ।


