नेपाल ट्रेड युनियनमा बिगेन्द्र
धनकुटा खबर । नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाको आज सम्पन्न जिल्ला अधिवेशनले विगेन्द्र याक्खाको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समन्वय समितिको सर्वसम्मतबाट चयन गरेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समन्वय समितिको उपाध्यक्षमा क्रमश नेपाल चलचित्र संघवाट पुर्ण कुमार चौधरी,नेपाल प्रेस युनियनबाट विनोद घिमिरे,सेवा क्षेत्रवाट कुल प्रसाद दाहाल,गृह श्रमिकबाट देविका वराल,कृषि क्षेत्रबाट दामोदार दाहाल सर्वसम्मत चयन भएका छन् ।त्यसै गरि सचिवमा झमक कटुवाल,सह सचिवमा दिक्षा आर्चाय,तुलसी थापा र कोष अध्यक्षमा जिवनाथ ढुंगाना सर्वसम्मत चयन भएको कुरा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष विगेन्द्र याक्खाले जानकारी दिए ।त्यसै गरि प्रदेश प्रतिनिधिमा गुरु प्रसाद काफ्ले,रेणु श्रेष्ठ,थिरेन्द्र वहादुर लिम्वु,रुकमान तामांग र कविराज घिमिरे सर्वसम्मत चयन भएका छन् भने संघीय प्रतिनिधिमा विजय सन्तोषी राई र राम कुमारी भण्डारी सर्वसम्मत चयन भएको अध्यक्ष याक्खाले जानकारी दिए ।
श्रमको सम्मान गरौ श्रमशक्ति नै राष्ट्र शक्ति हो भन्ने मुल नाराका साथ नेपाल ट्रेड युनियन महासंघ धनकुटाको जिल्ला अधिवेशन आज सम्पन्न भएको हो ।विभिन्न क्षेत्रमा आवद्ध रहेका श्रमिकहरुको सहभगितामा अधिवेशन सम्पन्न भयो ।विगेन्द्र याक्खाको अध्यक्षतामा गठन भएको नेपाल युनियन कांग्रेस धनकुटाको आजै वसेको बैठकले अघिल्लो समितिलाई धन्यवाद ज्ञापन गर्नै निर्णय गरेको अध्यक्ष याक्खाले जानकारी दिए ।


