पाख्रीबासमा ‘कृषि क्याम्पस’को उद्घाटन गर्दै प्रचण्डले भने,- पिएचडी गरेर अपमानजक काम गर्न अब विदेशमा जानु पर्दैन

वैशाख ९ गते विशाल जनसमुदायको अगाडी पार्टी एकताको घोषणा हुने प्रचण्डको दावी

धनकुटा खबर । एकिकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख ९ गते विशाल जनसमुदायको अगाडी एकिकृत पार्टीको घोषणा हुने दावी गरेका छन् ।

मंगलवार धनकुटाको पाख्रीवासमा प्राकृतिक स्रोत व्यवस्थापन कलेजको उद्घाटन तथा भवन सिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले एकिकृत पार्टी घोषणाको विषयमा भोली विहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा वैठक वस्ने तयारी गरिरहेको बताए ।



दुई कम्युनिष्ट पार्टीलाई एकता गर्ने उदेश्यले नै केपी र मैले हस्ताक्षर गरेर पार्टी एकता संजोजन समिति गठन गरेको उनले बताए । उनले भने ‘वैशाख ९ गते विशाल जनसमुदायको अगाडी एकिकृत पार्टीको घोषणा गरेर देशलाई नयाँ आर्थिक विकासको युगमा लैजान समाजवादको नयाँ युग, सामाजिक न्याय र विकास केन्द्रको निर्माण गर्नेछौं ।’

अबको ५ बर्षमा शैक्षिक बेरोजगारको अन्त्य हुने पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बताएका छन् ।

कृषि तथा वन बिज्ञान बिश्व बिद्यालय कृषि संकाय अन्तर्गत प्रदेश नं.१ स्तरीय आंगिक क्याम्पस धनकुटाको प्रथम कक्षा उत्घाटन तथा भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पाख्रिबास नगरपालिका र आंगिक क्याम्पसले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले अब स्थिर सरकार संगै ब्यसायीक शिक्षा नीति कार्यान्वयन भएपछि शैक्षिक बेरोजगारको अन्त्य हुने बताए ।



‘अबको यूवाहरुले पिएचडी गरेर अपमानजनक बिदेशमा काम गर्ने दिन जानेछ’,उनले भने,‘त्यसैले अबको शिक्षा नीति र पद्दती प्राबिधिक,ब्यबसायीक र रोजगारमुलक हुनेछ ।’

नेपाल पर्यटनको खानी भएकोले पर्यटक भित्राएर अवौं रुपैया नेपाल भित्राउन सकिने उनले दावी गरे । उनले भने ‘८÷९ वर्ष भित्र नेपाललाई तिव्र विकास भएको देश वनाउन सकिन्छ । अहिले वामपन्थी सरकारले अवसर पाएको छ र यसलाई सदप्रयोग गर्नु पर्छ’

पाख्रीबास नगरपालिका र कृषि क्याम्पसको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा भवनको शिलान्यास प्रचण्ड,प्रतिनीधिसभा सदस्य राजेन्द्र कुमार राई र बिश्वबिद्यालयका उप–कुलपति ईश्वरी प्रसाद ढकालले गरेका थिए ।

उनीहरुले यो बर्ष देखि अनुसन्धान केन्दमा संन्चालित कृषि संकायको बिएससी एजी पहिलो बर्षको पहिलो कक्षाको पनि औपचारीक उत्घाटन गरेका थिए ।

कार्यक्रममा,प्रदेश सभा क र ख का समासद् द्वय निरन राई र ईनद्रमणि पराजुली,सभासद्हरु कुसुम कुमारी श्रेष्ठ,बिना राई,लिला सुब्वा लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पाख्रिबास नगरपालिकाका मेयर बिर्खबहादुर राईले स्वागत गर्दै प्रचण्डलाई नगरपालिकाको बिषयमा बिभिन्न योजना तथा कार्यक्रमका बिषयमा अवगत गराएका थिए ।





धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖