आर्थिक कारोबारमा सक्षम बनाउन धनकुटाका सहकारीलाई ५ दिने वित्तिय तालिम

धनकुटा खबर । आर्थिक कारोबारमा सक्षम बनाउन धनकुटाका सहकारीहरुलाई ५ दिने बित्तिय वयबस्थापन तालिम दिईएको छ । सेन्टर फर माइक्रोफाइनान्स (सिएमएफ) को आयोजनामा बुधबारदेखि शुरु भएको तालिमको जिल्ला सहकारी संघका अध्यक्ष सुनदरबाबु श्रेष्ठले उत्घाटन गरेका छन् ।

‘सहकारी संस्थाको सुशासन र वित्तिय व्यवस्थापनमा गुणात्मक सुधार, संस्थागत विकासको मुल आधार भन्ने मुल आधार’ भन्ने मुल नाराका साथ सुरु भएको तालिममा २६ गते सम्म सन्चालन हुनेछ ।

जिल्ला सहकारी संघको समन्वयमा तथा उन्नती एक्सेस अफ फाइनान्स कार्यक्रम र नेपाल राष्ट्र बैंकको सहयोगमा सो तालिम सञ्चालन गरिएको उक्त तालिममा धनकुटा जिल्लाका विभिन्न सहकारीका ३० जनाको सहभागिता रहने छ ।

सिएमएफका वरिष्ठ तालिम अधिकृत रुद्र पराजुली लगाएत बिभिन्न बिज्ञहरुले सुशासन, लेखा व्यवस्थापन, वित्तिय व्यवस्थापन, सञ्चालकको जिम्मेवारी, कोष व्यवस्थापन, वर्तमान सहकारी ऐन, सहकारीको व्यवस्थापन बारे जानकारी तालिम दिनेछ ।

कार्यक्रममा पूर्वसभासद अन्जना ताम्ली, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, बचत सहकारी संघ धनकुटाका जिल्ला अध्यक्ष लगाएतले मन्तब्य राखेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖