अब सबै बैंकको कारोबार जोरपाटीबाट हुने
सिंधुवामा एक्सटेनसन काउण्टर
धनकुटा खबर । नेपाल बंगलादेश बैंकले धनकुटा छथर जोरपाटी गाउँपालिकाको जोरपाटी बजारमा छैटौं एक्स्टेन्सन(सटही) काउन्टर सेवा शुरु गरेको छ ।
सोहि गाउँपालिकाको सिंधुवा बजारमा शाखा खोलेको बैकले गाउँपालिकाको सहकार्यमा उक्त काउण्टर सन्चालनमा ल्याएको हो ।
उक्त काउण्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ग्यानेन्द्र प्रसाद ढुंगाना र गाउँपालिकाका अध्यक्ष शेर बहादुर लिम्बुले सयंक्त रुपमा उत्घाटन गरेका हुन् ।
उक्त काउण्टरबाट सबै बैंकको रकम जम्मा, बचत, रेमिट्यान्स, ईसिसि, आईपिएस र ईन्स्योरेनस सेवा दिईने सिंधुवा शाखाका म्यानेजर टंक प्रसाद दिम्बूले जानकारी दिए ।

उक्त काउण्टरले गाउँपालिकाका आधा दर्जन भन्दा बढी गाउँका जनताहरुलाई गाउँपालिकासंग गरेको कारोबारमा सेवा पु¥याउने लिम्बूले जानकारी दिए ।


