कागजमा मात्र सिमित छन धनकुटाका गैरसरकारी संस्था !

धनकुटा खबर । विकासमा साझेदारी र समाज सुधारको उदेश्य राखेर धनकुटामा खोलिएका गैरसरकारी संस्था कागजमा मात्र सिमित देखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा धनकुटामा दर्ता भएका चारसय ८९ गैरसरकारी संस्था मध्ये एकसय ३० वटाले मात्रै नियमअनुसार करचुक्ता, लेखापरिक्षण र बार्षिक प्रगति प्रतिवेदन बुझाउने गरेका छन् ।

प्रकृयामा नआएका दुइसय ८६ गैरसरकारी संस्था धनकुटा प्रशासनले खारेज गरेको छ । औंलामा गन्न सकिने बाहेक यस्ता अधिकाशं गैरसरकारी संस्थाले आफ्ना गतिविधि बारे स्थानीय प्रशासनलाई जानकारी गराउँदैनन् ।

चौमासिक रुपमा प्रतिवेदन बुझाउनने भनिए पनि बार्षिक रुपमा प्रतिवेदन हेर्ने मान्छे प्रशासनमा नभएकोले यसका लागि आधिकारी व्यातिm तोके गैरसरकारी संस्थाहरु लाई समेत आफ्ना गतिविधि बारे जानकारी गराउन सजिलो हुने गैरसरकारी संस्था महासंघका अध्यक्ष मीनप्रसाद सुवेदीले बताए ।

धेरै गैरसरकारी संस्थाहरु दाताको कार्यक्रम र बजेटको आशमा निस्चित उदेश्य र समयका लागि आउँदै हराउँदै गर्छन ।

अस्थित्वमा रहेर कागजी प्रकृया पु¥याउने गैरसरकारी संस्थाले पनि कार्यक्षेत्रमा कस्ता काम र गतिबिधि गरिरहेका छन् भन्ने कुराको खोजिनिति गरि नियमन गर्न स्थानीय प्रशासनले सकेको छैन् ।

विकासमा साझेदारी र समाज सुधारको उदेश्य राखेर आउने गैरसरकारी संस्थाका गतिविधि र आर्थिक हिसाव किताब पारदर्शीता संगै नियमन गर्नु आवश्यक छ । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।